१४. अनुमति (Permission)
१४.१ सुरक्षा, जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पार्ने अनुसूची ८ मा उल्लेख भएका उद्योगहरू वाहेक अरू उद्योगको स्थापना, विस्तार विविधीकरण तथा आधुनिकीकरण गर्नको लागि अनुमती लिनुपर्ने छैन ।
१४.२ उद्योग विभागबाट अनुमति लिनुपर्ने उद्योगहरूको हकमा निवेदन परेको मितिले ३० दिन भित्र विभागले अनुमति दिनेछ । अनुमति दिन नसकिने कारण परेमा म्याद सकिएको ३ दिन भित्र अनुमति नदिनुको कारण खुलाई निवेदकलाई जानकारी दिनुपर्नेछ ।
१४.३ अनुमति प्राप्त गर्नेले अनुमतिपत्रमा उल्लेखित शर्तको पालन गरी सोही अनुमतिपत्रमा तोकिएको अवधिभित्र उद्योग व्यवसाय सञ्चालन गरिसक्नु पर्नेछ । मनासिव कारण परेमा वाहेक तोकिएको अवधिमा उद्योग संचालन नगरेमा वा शर्त पालन नगरेमा अनुमति खारेज गरिनेछ ।
१४.४ उद्योग व्यवसायमा विदेशी लगानी गर्दा प्रचलित कानून बमौजिम स्वीकृति लिनुपर्नेछ ।